images
images

खेतीयोग्य जमिन र बस्ती नजिकका रुख काट्ने अभियान चलाएपछि म्याग्दीमा यसबर्ष मह उत्पादन घट्यो

जेष्ठ,१२
हिमाली जिल्ला म्याग्दीका स्थानीय तहले खेतीयोग्य जमिन र बस्ती नजिकका रुख काट्ने अभियान चलाएपछि मौरीपालन व्यवसाय प्रभावित बनेको छ । बस्ती नजिकका आरु, चिउरी, पैँयू, दुदिलो लगायतका वनस्पति नासिँदै गएपछि पुष्परसको अभावका कारण मौरीपालन व्यवसाय प्रभावित बनेपछि मह उत्पादन घट्दै गएको छ । वातावरणीय प्रदूषण र जलवायु परिवर्तनका कारण विभिन्न किसिमका रोगकीराको प्रकोप समेत देखिन थालेको ज्यामरुककोटका मौरीपालक किसान बलबहादुर घिमिरेले बताउनुभयो । आर्थिक वर्ष २०७८÷७९ मा विगतको तुलनामा जिल्लाभर यसवर्ष मह उत्पादन घटेको थियो । जिल्लाका विभिन्न स्थानमा किसानले गरेको मौरीपालन व्यवसायबाट यसवर्ष जम्मा १२ हजार केजी मह उत्पादन भएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । जिल्लामा रहेका दुई हजार पाँच सयवटा मौरीका आधुनिक घारबाट सो परिमाणको मह उत्पादन भएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरण सिग्देलले जानकारी दिनुभयो । विगतका वर्षमा वार्षिक २० हजार केजीभन्दा बढी मह उत्पादन हुने गरेकोमा आर्थिक वर्ष २०७९८० मा १७ हजार ६ सय केजी मह उत्पादन भएको सिग्देलको भनाई थियो । पछिल्लो समय महको उत्पादनमा कमी आउन थालेपछि मौरीपालनमा आबद्ध किसान भने चिन्तित बनेका छन् ।