images
images

बागलुङ बजार स्थित राधाकृष्णमन्दिरमा विश्वहिन्दु महासघंको कार्यालय र धार्मिक पुस्तकालय स्थापना

बागलुङ
जेष्ठ, १२
राधाकृष्ण मन्दिर बागलुङमा धार्मिक पुस्तकालय स्थापना गरिएको छ । बागलुङ नगरपालिका नौबिसे टोल निवासी श्यामप्रसाद श्रेष्ठ वझान्थाक्षे र केशवप्रसाद श्रेष्ठ वझान्थाक्षेले आफ्ना स्वर्गिय मातापिता ताराप्रसाद र पुर्णकुमारी वझान्थाक्षेको नाममा पुस्तकालय स्थापना गर्नुभएको हो । पुस्तकालयको उद्घाटन राधाकृष्ण मन्दिर सेवा समितिका प्रधान संरक्षक तथा नेपाल सन्त समाजका अध्यक्ष १००८ स्वामी ज्ञानानन्द सरस्वतीले गर्नुभयो । सो अवसरमा बोल्दै उहाँले ग्रन्थ लेख्नु र संग्रह गरेर राख्नु महत्वपुर्ण भएको बताउनुभयो । धार्मिक ग्रन्थको आधारमा मात्र मुलकमा धर्म संस्कृति परम्परा र सभ्यता कायम रहने चर्चा गर्दै स्वामी ज्ञानानन्द सरस्वतीले” पुस्तकालयको माध्यमबाट धर्म संस्कारको बिकास हुनुपर्ने बताउनुभयो । सो अवसरमा बिद्यामन्दिर पुस्तकालयका अध्यक्ष राम थापाले पछिल्लो समय पुस्तकालय गएर पढ्ने बानिको हस हुदै गएको भन्दै पुस्तक पढ्ने बानिको बिकास गर्नुपर्ने बताउनुभयो । उहाँले सदरमुकाममा रहेका बिद्यामन्दिर पुस्तकालय र नवनिर्मित धार्मिक पुस्तकालयको माध्यमबाट पठनसंस्ृकृतिको बिकास गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रम राधाकृष्ण मन्दिर सेवा समितिका अध्यक्ष रमेशकुमार राजभण्डारीको अध्यक्षता र सचिव हरिप्रसाद उपाध्यायको संचालनमा सम्पन्न भएको थियो ।

साथै,विश्व हिन्दु महासंघ जिल्ला समिति, बागलुङको कार्यालय स्थापना भएको छ । शुक्रबार राधाकृष्ण मन्दिरको भवनमा स्थापना गरिएको कार्यलयको नेपाल सन्त समाजका अध्यक्ष तथा हरिहर सन्यास आश्रम देबघाटका पिठाधिस १००८ स्वामी ज्ञानानन्द सरस्वतीले उद्घाटन गर्नुभयो । सो अवसमार बोल्दै स्वामी ज्ञानानन्द सरस्वतीले स्वधर्म संस्कृति र सभ्यतालाई विश्वभर फैलाउनुपर्ने बताउनुभयो । विश्वको सवै भन्दा पुरानो दर्शन वेदका अनुयायी हिन्दुहरुको सभ्यतामाथि चौतर्फी आक्रमण भएकोले यसको रक्षा गर्न अवाश्यक रहेको बताउनु भयो । कार्यालय स्थापना संगै जिल्लामा धार्मिक गतिविधी बढ्नुपर्ने चर्चा गर्दै” स्वामी ज्ञानानन्द सरस्वतीले‘ धर्म संस्कृतिको माध्यमबाटनै शान्ति स्थापना हुने बताउनुभयो ।कार्यक्रममा श्रीधराचार्य शालग्राम संग्रालयका परिकल्पनाकार स्वामी ऋषि प्रपन्नाचार्यले हिुन्दुधर्म माथि चौतर्फी आक्रमण भएकोले हिन्दुहरु सचेतबन्नुपर्ने बताउनुभयो । धर्मको रक्षा मानिसले गरेमा मानिसको रक्षा धर्मले गर्ने भन्दै धर्म भनेको मानिसको जीवन पद्धतिसंग जोडिएको दर्शन भएको बताउनु भयो । उहाँले धर्म संस्कृतिको रक्षाको लागि सबैले समन्वय सककार्य गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा विश्व हिन्दु महासंघ जिल्ला समिति बागलुङका अध्यक्ष जब्बर बहादुर लामिछानेको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष रमेश कुमार राजभण्डारीको स्वागत र हरि प्रसाद उपाध्यायको संचालनमा सम्पन्न भएको थियो । समितिले हिन्दु धर्म संस्कारलाई प्रत्येक नेपालीको घर समाजमा पुर्याउन प्रचार प्रसार एवं घरदैलो अभियान सञ्चालन गर्ने अध्यक्ष लामिछानेले बताउनु भयो ।