बागलुङ । बागलुङ नगरपालिका–४ कुँडुलेमा पिक अपले ठक्कर दिदा बालकको मृत्यु भएको छ ।
बागलुङ–बेनी सडक खण्डमा पर्वत जिल्ला जलजला गाउँपालिका ८ निवासी नाङ्लिबाङ बस्ने वर्ष २५ को सुनिल नेपालीले चलाई बेनीबाट बागलुङ बजार तर्फ आउदै गरेको ध१च १३३६ नं को पिकअप जिपले सडक क्रस गर्दै गरेको पैदल यात्री बागलुङको काठेखोला गाउँपालिका–१ धैरेनी बस्ने शिव प्रसाद शर्माको छोरा वर्ष ५ को सुर्य ढुङ्गानालाई ठक्कर दिदाँ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख तिलक भारतीले जानकारी दिनुभयो ।

धौलागिरी टेलिभिजन 











