एमाले केन्द्रीय सदस्यमा बागलुङका छ जनाले मारे बाजी

बागलुङ । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य पदमा उमेदवारी दिएका बागलुङका छ जना एमाले नेताहरु विजयी भएका छन् ।

केन्द्रीय सदस्य पदमा ओली समूहबाट उमेदवारी दिएका लिलबहादुर थापा मगर १३२०, मन कुमारी केसी जिसी १७१६, डा। सूर्य पाठक १३२०, गोविन्दबहादुर नेपाली १४४१, मञ्जु शर्मा चालिसे १७८२ तथा दुवै समुहमा परेकी सावित्रा राना मत १९२५ ल्याएर विजयी हुनु भएको छ ।

थापा आदीवासी जनजाती समूह, केसी जिसी खुल्ला महिला समूह, पाठक खुल्ला समूह, नेपाली दलित खुल्ला समूह, चालिसे गण्डकी भूगोल महिला र राना आदिवासी जनजाती समूहबाट उमेदवार बन्नु भएको थियो ।