बागलुङ । उच्च अदालत तुलसीपुरले सहकारी ठगी मुद्दामा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीलाई रिहा गर्न आदेश दिएको छ ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले रविलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
सुप्रिम सहकारीमा भएको ठगीको मुद्दामा लामिछाने र छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाइएको थियो । सो मुद्दामा लामिछानेले आफ्नो भागमा पर्ने रकम बराबरको धरौटी राखी थुनामुक्त हुन निवेदन दिएका थिए । तर रुपन्देही जिल्ला अदालतले लामिछानेलाई थुनामुक्त गर्न अस्वीकार गरेपछि उनी उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा पुगेका हुन् ।
यसअघि रूपन्देही जिल्ला अदालतले धरौटी बुझेर रविलाई रिहा गर्न आदेश गरेको थियो । उच्च अदालतले जिल्लाको आदेश बदर गर्दै धरौटी लिई थुनामुक्त गर्न आदेश दिएको हो । रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले उनलाई धरौटी रकम लिई थुनामुक्त गर्न अस्वीकार गरेपछि उनी त्यसै निवेदनको पुनरावेदन लिई उच्च अदालत बुटवल पुगेका थिए ।
लामिछानेले यसअघि नै दामासायीले आफ्नो भागमा पर्ने २७४८४००० बैंक ग्यारेन्टी राखिसकेका थिए । उच्च अदालतले त्यो बैंक ग्यारेन्टी स्वीकार गर्दै जिल्ला अदालतको आदेश बदर गरेको हो । जिल्लाको आदेश बदर भएसँगै लामिछाने अब थुनामुक्त भई मुद्दाको पुर्पक्ष गर्नेछन् ।
आदेशमा के छ ?



धौलागिरी टेलिभिजन 











