मालिका भगवति मन्दिरमा धार्मिक महोत्सव तथा तिजि मेला शुरु

बागलुङ । बागलुङ नगरपालिका ५ मालिका स्थित प्रशिद्ध धार्मिक स्थल मालिका भगवति मन्दिरमा धार्मिक महोत्सव तथा तिजि मेला शुरु भएको छ ।

नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर यहि भदौ १२ गतेसम्म संचालन हुने गरि मेलाको शुरुवात गरिएको हो । मेलाको गण्डकी प्रदेस सभाका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले उद्घाटन गर्नु भएको थियो ।

सो अवसरमा बोल्दै उहाँले बागलुङ पर्यटकिय दृष्टिले महत्वपूर्ण जिल्ला भएकाले पर्यटन प्रवद्र्धनका लागि सवैको सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले कला संस्कृतिको संरक्षण गर्नका लागि समय अनुसार अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

मेला शुरुवातमा मालढुङ्गादेखि मालिका मन्दिर सम्म सवारी शोभायात्रा गरि मालिका मातालाई जल अर्पण गरिएको मन्दिर ब्यवस्थापन समितिका महासचिव खिमराज सापकोटाले जानकारी दिनुभयो ।

मेलालाइ भब्य र सभ्य रूपमा मनाउन कथा बाचक शिव आचार्यबाट हरितालिका एबम ऋषि पन्चमी महिमा प्रवचन कार्यक्रम पनि आयोजना गरिएको सापकोटाले बताउनुभयो ।

मेलाको अवसरमा खुल्ला भलिबल प्रतियोगिता, पुरुष छेलो, एकल नृत्य प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ ।