images
images

सुनौलो बागलुङ संस्थाद्धारा बिभिन्न रोगबाट पिडितहरुको उपचारका लागि आर्थिक सहयोग

 बागलुङ, सुनौलो बागलुङ संस्थाले बिभिन्न रोगबाट पिडितहरुको उपचारका लागि आर्थिक सहयोग गरेको छ ।
बिभिन्न रोग र स्वास्थ्य समस्याका कारण उपचार गराइरहेका २ जना पिडितहरुको उपचारमा थोरै भएपनि सहयोग पु¥याउने उद्देश्यले संस्थाले ४० हजार आर्थिक सहयोग गरेको हो ।

संस्थाले बागलुङको जैमिनि नगरपालिका वडा नम्वर ९ राङखानी घइ भै हाल बागलुङ नगरपालिका १ रामरेखा बस्दै आउनुभएका मृगौला तथा प्यारालाइसेस रोगबाट पिडित ४४ बर्षिय गंगाबहादुर थापालाई ३० हजार सहयोग गरेको छ । २ बर्षदेखि उक्त रोगबाट पिडित थापाले धौलागिरि अस्पतालबाट डाइलासीस गराउँदै आउनु भएको छ ।

त्यसैगरि म्याग्दीको रत्नेचौर निवासी अँशु परियारलाई उपचारका लागि १० हजार सहयोग गरेको संस्थाका अध्यक्ष दिलिप प्रतेलले जानकारी दिनुभयो । घरबाट बाहिर निस्कने क्रममा अचानक लडेर मेरुदण्ड भाँचिएपछि गण्डकी अस्पतालमा उपचार गराई रहनु भएकी १९ बर्षिया परियारका लागि सहयोग गरिएको उहाँले बताउनुभयो ।

संस्थाका अध्यक्ष प्रतेल, आर्थिक संयोजक चित्र श्रीस र सल्लाहकार ताराप्रसाद शर्माले थापा बस्दै आउनु भएको रामरेखामा पुगि सहयोग हस्तान्तरण गर्नु भएको थियो । अँशु परियारका लागि उहाँको अंकल कृष्ण परियारलाई रकम हस्तान्तरण गरिएको थियो ।