बागलुङ, शुक्रबार रातीदेखिको अविरल वर्षापछि आएको पहिरोले बागलुङ जैमिनी नगरपालिका ५ बिनामारेमा एक घर बगाएको छ । बिनामारेको जैमिनीघाटमा रहेको मन्जु श्रेष्ठको कच्चि घर पहिराले बगाएको हो ।
रातभर वर्षा नरोकिएपछि जोखिमको आँकलन गरेर परिवार छिमेकीको घरमा पुगेलगत्तै पहिरोले घर बगाएको पीडित श्रेष्ठले बताउनुभयो ।
सोही ठाउँमा ठेउले खोलामा निर्माण भएको बेलिब्रिजमा समेत पहिरोले क्षती पुर्याएको छ । बेलिब्रिजको पश्चिम तर्फको पर्खाल बाढीले खोलेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिनुभयो ।
राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरमा निर्माण भएको बेलिब्रिज बाढी र पहिरोको जोखिममा परेको हो । जैमिनीका स्थानीय सडक सबै पहिरोका कारण बन्द छन्भने करिडोरको जैमिनी खण्डमा पहिरो झरेको शर्माले बताउनुभयो ।





