
बागलुङ । बागलुङका दश स्थानीय तहमा आर्थिक वर्ष २०७९/८० मा ३४ करोड ४२ लाख २५ हजार रुपैयाँ बेरुजु देखिएको छ ।
बजेट अनुपातका आधारमा बागलुङमा सबैभन्दा बढी रकम बेरुजु निसीखोला गाउँपालिका ७ दशमलब ६३ प्रतिशत र सबैभन्दा कम बेरुजु बरेङ गाउँपालिकामा ० दशमलब ७१ प्रतिशत देखिएको छ ।
निसीखोलाको १ अर्ब १ करोड १३ लाख २२ हजार रुपैयाँको लेखापरीक्षण गरेकोमा ७ करोड ७२ लाख ३ हजार रुपैयाँ बेरुजु देखिंदा बरेङको ७६ करोड ३३ लाख ८१ हजार रुपैयाँ लेखापरीक्षण गरेकोमा ५४ लाख १८ हजार मात्र बेरुजु देखिएको छ ।
बागलुङ नगरपालिकाको ५ करोड ३४ लाख ८४ हजार, गलकोट नगरपालिकाको २ करोड १ लाख ८६ हजार, जैमिनी नगरपालिकाको १ करोड ३४ लाख १९ हजार र ढोरपाटन नगरपालिकाको २ करोड ३४ लाख ३२ हजार रुपैयाँ बेरुजु रहेको छ ।
यस्तै, काठेखोलाको ५ करोड ७७ लाख १९ हजार, तमानखोलाको १ करोड १९ लाख ५१ हजार, ताराखोलाको ६ करोड ३२ लाख ३५ हजार र बडिगाड गाउँपालिकाको १ करोड ८१ लाख ६८ हजार रुपैयाँ बेरुजु रहेको छ ।