
बागलुङ । बागलुङ समाज कल्याण केन्द्र काठमाण्डौं महिला समूहको सहयोगमा बागलुङ नगरपालिका वडा नम्वर ४ ओडारचौरको देउराली प्राविमा मुल गेट निर्माण गरिएको छ ।
यस भन्दा अगाडि पनि समूहले पोशाक र शैक्षिक सामग्री वितरण गर्दै आएकोमा अहिले एक लाखको लागतमा मुल गेट निर्माण गरेको हो ।
गेटको महिला समूहकी अध्यक्ष सोनी श्रेष्ठले उद्घाटन गर्नु भयो । सो अवसरमा बोल्दै श्रेष्ठल विद्यालयको शैक्षिक र भौतिक विकासले मात्र शैक्षिक उन्नयनमा हुने हुँदा विद्यालय परिवारमा हौसला प्रदान गर्न गेट निर्माण गरिदिएको बताउनु भयो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाका सभापति जगन्नाथ आचार्य, बागलुङ समाज कल्याण केन्द्र काठमाण्डौं महिला समूहका पूर्वअध्यक्ष विजया लक्ष्मी राजभण्डारीले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रम वुद्धिबहादुर केसीको अध्यक्षता प्रधानाध्यापक लक्ष्मी आचार्यको स्वागत र शिक्षक उमाकान्त शर्माको संचालनमा सम्पन्न भएको थियो ।