images
images

फुुटबल संघ म्याग्दीको नयाँ कार्यसमिति चयन

बेनी, २ भदौ

जिल्ला फुटबल संघ म्याग्दीको नयाँ कार्यसमिति चयन भएको छ । सदरमुकाम बेनीस्थित जिल्ला खेलकुद विकास समितिको सभाहलमा शनिबार सम्पन्न संघको भेलाबाट कुमार बानियाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

समितिको उपाध्यक्षमा सोनिया पुन, सचिवमा निशान गुरुङ्ग, कोषाध्यक्षमा शिद्धार्थ शाक्य रहनुुभएको छ । सदस्यहरुमा बिबेक बानियाँ, निशान केसी, तुलनारायण पुन, ईश्वर कार्की, शिव शेरचन, विनोद घर्ती, छवि आचार्य, सुनिल शर्मा र ललिन सापकोटा चयन हुुनुुभएको छ ।

संघका निवर्तमान अध्यक्ष दिलिप बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला खेलकुुद विकास समितिका अध्यक्ष दिनेश केसीले खेलकुद संघहरुलाई सक्रीय बनाउन पहल गर्ने बताउनुुभयो ।

नवनिर्वाचित अध्यक्ष बानियाले संघलाई अखिल नेपाल फुुटबल संघमा आवद्ध गराउने, प्रतियोगिता र प्रशिक्षण सञ्चालन लगायतका कार्यक्रम गर्ने प्रतिवद्धता जनाउनुुभयो । म्याग्दी जिल्लामा रहेका फुुटबल खेलाडी र युुवा क्लवका प्रतिनिधिहरुको सहभागितामा भएको भेलाले संघलाई थप सक्रीय बनाउने निर्णय पनि गरेको छ ।