images
images

मृगौला पीडित नरमति विश्वकर्मालाई बागलुङ सेवा समाज बहराईनद्वारा राहत वितरण

जगिन्द्र बि.क,

बागलुङको ताराखोला गाउँपालिका १ माझखर्कका मृगौला पीडित नरमति विश्वकर्मालाई बागलुङ सेवा समाज बहराईनले आर्थिक सहयोग गरेको छ ।

वैदेशिक रोजगारीको शिलशिलामा बहराईनमा कार्यरत नेपालीहरुले सहयोग संकलन गरेर मृगौला पीडित विश्वकर्मालाई ६१ हजार ३ सय ८५ रुपैयाँ आर्थिक सहयोग गरेको बागलुङ सेवा समाज बहराईनका कार्यवाहक अध्यक्ष मिलन कुमार मगरले जानकारी दिए ।

लामो समयदेखि मृगौला रोगबाट ग्रसित विश्वकर्माले बागलुङको धौलागिरी अस्पतालमा डायलासिस गराउँदै आएका छन् । विश्वकर्मा परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा सहयोग गर्न अपिल गरेका छन् ।
बागलुङ सेवा समाज बहराईनले आर्थिक संकलन गरेर पठाएको रकम ताराखोला गाउँपालिका वडा नम्वर १ का वडासदस्य भक्त बहादुर नाइसा मगरले विश्वकर्मालाई हस्तान्तरण गरेका हुन्