बाँझो जमिनमा जडिवुटी खेति विस्तार

म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाको बाँझो जमिनमा जडिवुटी खेति विस्तार गरिएको छ ।
दुई वर्षअघि परिक्षणका लागि गुर्जाको नाइलीवाङमा गरिएको अतिस जातको जडिवुटी खेती सफल भएपछि व्यवसायिक उत्पादनका लागि यसपाली विस्तार गरिएको हो । गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले बाँझिएको खेतीयोग्य जमिनको सदुपयोग, संरक्षण र स्थानीयबासीको आयआर्जन सुधारका लागि जडिवुटी खेती विस्तार गरिएको जानकारी दिनुभयो ।
“यसअघि गरिएको खेती सफल भएपछि यस वर्ष डिभिजन वन कार्यालयको सहयोगमा खेती विस्तार गरेका छौ,” उहाँले भन्नुभयो “खेती नहुँदा बाँझिएको खेतीयोग्य जमिनको संरक्षण र सदुपयोग पनि भएको छ ।
वि.स. २०७७ मा पनि ७ हजार बिसजरा जातको जडिवुटीका बिरुवा रोपेका थिए । वि.स. २०७८ मा हिमाली कृषि सहकारी संस्थामा आवद्ध कृषकहरुले सामुहिक रुपमा दुई रोपनी जग्गामा अतिसका बिरुवा रोपेका थिए । पिउथिवा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष तुलसी छन्त्यालले यसपाली थप एक लाख ३५ हजार अतिस र खिरौलाका बिरुवा रोपेको बताउनुभयो ।
जडिवुटीको संरक्षणका लागि स्थानीय प्रविधिको प्रयोग गरेर ढुंगाको १०५ मिटर लामो पर्खाल निर्माण भएको छ । समूहमा आवद्ध २५ जनाले सामुहिक रुपमा श्रमदान गरेर बाँझो जमिन खनजोत गरेर बिरुवा रोपेका हुन् ।
डिभिजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत नरबहादुर क्षेत्रीले चालु आर्थिक वर्ष २०७९÷८० मा जडिवुटी खेतीका लागि रु. चार लाख असी हजार सहयोग गरेको जानकारी दिनुभयो । “उपभोक्ताले कुल लागतको दश प्रतिशत लागत साझेदारी गरेका छन्,” उहाँले भन्नुभयो “प्राकृतिक रुपमा रहेका जडिवुटी संरक्षण तथा व्यवस्थापन कार्यक्रम मार्फत सहयोग गरिएको हो ।”
बजारमा अतिस, खिरौला र बिसजराको माग उच्च छ । गुर्जाको भूगोल र हावापानी अतिस खेतीका लागि अनुकुल छ । समुन्द्रि सतहदेखि तीन हजार २०० देखि तीन हजार ७०० मिटरको भूगोलमा हुने अतिस कफ, पित्त थैली, ज्वरो, वान्ता हुने, पखला लाग्ने, चिसो लागेको समस्या समाधानका लागि प्रयोग हुन्छ ।
यसले अपच हुने, शरीरको विभिन्न भागको दुखाई, उत्तेजना नहुने, जुका जस्ता समस्या समाधानको लागि पनि महत्वपूर्ण उपचार पद्दतिको रुपमा अतिस प्रयोग हुन्छ । गुर्जामा जिल्लामै पहिलो पटक स्याउको ब्यवसायिक खेती भएको छ ।
गाउँपालिका र कृषि ज्ञान केन्द्र म्याग्दीको आर्थिक तथा प्राबिधिक सहयोगमा उच्च घनत्वको स्याउ खेती गरेका हुन् । इटलीबाट उच्च घनत्व जातका स्याउका ८४८ वटा कलमी बिरुवा ल्याएर नाइलीबाङको १० रोपनी जमिनमा खेति गरिएको हो ।
गुर्जामा स्याउ खेतीका लागि गत वर्ष कृषि ज्ञान केन्द्रले रु. एक लाख पचास हजार र धवलागिरी गाउँपालिकाले रु. पाँच लाख बिनियोजन गरेका थिए । छिटो फल्ने, धेरै उत्पादन दिने, फल टिप्न र खेती गर्न सजिलो हुने भएकाले उच्च घनत्वको स्याउ खेतिप्रति कृषकको आकर्षण बढेको छ ।

ठेकेदारले पटक–पटक अलपत्र पारेपछि मध्यपहाडी पुष्पलाल राजमार्गको बागलुङको बिहुँ खण्डको ठेक्का सम्झौता रद्द गरिएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल राजमार्गअन्तर्गत बिुहँबाट घोडाबाँधेसम्मको १३ किमी सडक पाँचपटकसम्म म्याद थप गर्दा पनि काम गर्न नसक्ने निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द गरिएको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालयल पर्वतले जनाएको छ ।

पाँचपटक म्याद थप भइसक्दासमेत असार मसान्तसम्म सडक कालोपत्र गर्नुको सट्टा सडक अलपत्र छाडेर हिँडेको निर्माण व्यवसायीसँगको सम्झौता रद्द गरिएको हो । लोकमार्गअन्तर्गत बागलुङमा पर्ने एक सय ४२ किलोमिटरमध्ये बागलुङ जिल्ला सदरमुकाम खण्डतर्फको जम्मा २५ किलोमिटर सडकखण्डमात्रै कालोपत्र गर्न बाँकी छ ।