अन्तराष्ट्रिय बागलुङ समाजको अध्यक्षमा शर्मा सर्वसम्मत

बागलुङ । अन्तराष्ट्रिय बागलुङ समाजको तेस्रो अधिवेसन बागलुङमा सम्पन्न भएको छ । शनिवार गण्डकी प्रदेशसभा सदस्य तथा पूर्व राज्यमन्त्री चम्पादेवी खड्काले सम्मेलनको औपचारिक उद्घाटन गर्नुभएको थियो । उहाँले विदेशबाट पुन फर्केर नेपालमै लगानी गर्न आग्रह गर्नुभयो ।

उक्त अवसरमा खड्काले बैदेशिक रोजगारी र अध्ययनकालागि गएका युवा नेपालमा फर्केर विकासमा सहभागि बन्नुपर्ने बताउदै विदेशमा पलायन हुने प्रवृत्ति अन्त्य गर्न राजनीतिक दल, सामाजिक अगुवा र स्वयं गैर आवासीय नेपालीहरुको पनि भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

उनले आफ्नै छोराबुहारी समेत उच्च शिक्षा पढ्न गएर उतै बसेको बताउनुभयो । गैरआवासीय नेपाली संघ ९एनआरएनए०का केन्द्रीय अध्यक्ष महेश श्रेष्ठले नेपालको बिकासमा सबै मिलेर सहयोग गर्ने बताउनभुयो । तथ्यांक संकलन गरेर आगामी दिनमा नेपालीको आर्थिक अबस्थामा सुधार आउने गरी काम थाल्न तयार रहेको बताउनुभयो । त्यसकालागि उहाँले सरकारसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा बिदेश बिभाग संयोजक किरण पौडेलले लगानीलाई एकीकृत गर्न एनआरएनका नेतृत्वले चासो राख्नुपर्ने धारणा राख्नुभयो । साथै उहाँले राज्यले पनि एनआरएनएलाई समेट्ने नीति बनाउनुपर्ने बताउनभुएको थियो ।

समाजका कावा अध्यक्ष दिपकदत्त गौतमको अध्यक्षता, उपाध्यक्ष अशोक शर्माको संचालन र समाजकै स्पेन शाखाकी अध्यक्ष प्रगती शर्माको स्वागतमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस बागलुङका सभापति तथा गण्डकी प्रदेशसभाका सदस्य जितबहादुर शेरचन, एमाले बागलुङका अध्यक्ष हिराबहादुर केसी,माओवादीका जिल्ला सचिवालय सदस्य कुमारबिक्रम क्षेत्री, बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ, गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरे, बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी, जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा, समाजका सल्लाहकार सोम सापकोटा, गंगाप्रसाद शर्मा, चिन्तामणी सापकोटा, भर्चुअल माध्यमबाट अमेरिका निवासी गौरीश्वर शर्मा, पूर्व अध्यक्ष तथा निर्वाचन समितिका संयोजक एकराज गिरि, संरक्षक रमेश भट्ट, संस्थापक होमनाथ शर्मा, एनआरएनए आइसिसीका प्रवत्ता गंगाधर गौतम, बागलुङ समाज अक्षयकोषका अध्यक्ष सन्तोष पौडेल, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा अविरल, बागलुङ उद्योग बाणिजय संघका अध्यक्ष राजनकुमार शाक्य लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।