बागलुङ । बागलुङमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबारबाट सुरु भएको छ । शनिबारसम्म हुने प्रतियोगितामा १४८ पदकको लागि ८०० भन्दा धेरै विद्यार्थीले प्रतिस्पर्धा गर्ने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णप्रसाद कँडेलले जानकारी दिनुभयो ।
प्रतियोगितामा ६६ इभेन्ट हुने बताइएको छ । अध्यक्ष कँडेलले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा गरी शुरूवात गरिएको बताउनुभयो । प्रतियोगितामा छात्र छात्रा भलिबल, कबड्डी, कराँते, तेक्वान्डो, उसु र एथलेटिक्स तर्फका खेलहरु सञ्चालन हुनेछन् ।
कार्यक्रमको पहिलो दिन उत्कृष्ट र अनुशासित मार्चपास गर्ने टिमलाई नगद १८ हजार रुपियाँ, ट्रफी र प्रमाण–पत्रद्वारा पुरस्कृत गरिने बताइएको छ । जिल्लाका १० स्थानीय तहमध्ये तमानखोला गाउँपालिका र ताराखोला गाउँपालिकाले सहभागिता नजनाउने बताइएको छ ।
दुई पालिकाले आर्थिक अभावका कारण पालिकामा रास्ट्रपति रनिङ शिल्ड गर्न नसकेको, खेलकुदका विभिन्न गतिविधि आफ्नो पालिकामा गर्ने गरेको कारण देखाउँदै सहभागिता नजनाएको अध्यक्ष कँडेलले बताउनुभएको थियो।

धौलागिरी टेलिभिजन 











