बागलुङमा चालु आर्थिक बर्षको हालसम्म ७३.०१ प्रतिशत मुद्धा फछ्यौट भएका छन् । अदालतमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा गत वर्ष जिम्मेवारी सरेका सहितचालु आर्थिक बर्षमा जबरजस्ती करणीका ५७, लागू औषध सम्बन्धी ११, ज्यान सम्बन्धी २८, बहुबिबाह १८, चोरीका ३७, ठगीका ३, घरेलु हिँसाका ११, सम्बन्ध बिच्छेदका ४३२, अँश सम्बन्धी १२८ र लेनदेन ४२ गरि ६ सय ६३ वटा मुद्धा दर्ता भएको जिल्ला न्यायाधि डा. दिवाकर भट्टले जानकारी दिनुभयो । सो अवसरमा बोल्दै जिल्ला अदालत न्यायाधीश डा.दिवाकर भट्टले झुटा मुद्धा नलेख्न अधिवक्ताहरुलाई आग्रह गर्नुभएको छ ।
शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै न्यायाधीशभट्टले अधिवक्ताहरुले झुटा मुद्धा नलेखे करणीका करिब ५० प्रतिशत मुद्धा कमहुने दाबी गर्नुभयो । उहाँले अधिवक्ताले झुटा जाहेरी लेख्दा, प्रहरीले झुटो मुजुल्कातयार गर्दा, झुटो बहस गर्दा न्याय सम्पादन नै झुटो हुने र समाज विखण्डीत हुने बताउनुभयो ।’ दलित युवासँग जोडिएका प्रेम सम्बन्ध र विवाह जबरजस्ती करणीमा परिणत हुने गरेको उल्लेख गर्दै उनले त्यस्तो अवस्थाआउनु दुःखद रहेको बताउनुभयो ।

धौलागिरी टेलिभिजन 










